सुनसरीमा चट्याङ लागेर एक पुरुषको मृत्यु

सुनसरीको गढी गाउँपालिका– २ औरावनीमा एक जनाको चट्याङ लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रघुनाथ यादव छन् ।

आज भैँसी चराउन खेततर्फ गएका बेला चट्याङमा परेर यादवको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार