आफू र आफ्नो पार्टीले प्रधानमन्त्रीमा दाबी नगर्ने प्रचण्डको भनाई

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नरहेको बताएका छन् । प्रेस सङ्गठन नेपाल सिन्धुलीले आज सिन्धुलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको बताएका हुन् ।

उनले भने, “अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ, जुन अहिले दलबीच छलफल चलिरहेको छ, सहमति अब धेरै टाढा छैन”, उनले भने । लोकतन्त्र, समावेसी, समानुपातिक र संविधानविरुद्धका चलखेल अझै पनि नरोकिएको उनले बताए ।

प्रधानमन्त्रीको कार्यशैलीप्रति असुन्तुष्टि जनाउँदै प्रचण्डले सत्य, न्याय र विधिको सधै जीत हुने बताए । अझै पनि कम्युनिष्टको बृहत्तर एकता हुनुपर्दछ भन्दै उनले सबै इमान्दार कम्युनिष्ट एकताका पक्षमा उभिनुपर्ने बताए ।

केन्द्रमा सरकार परिवर्तन नभएसम्म प्रदेशको सरकार पनि परिवर्तन नहुने अध्यक्ष प्रचण्डको भनाई थियो । उनले भने, “सर्वदलीय बैठकमा राष्ट्रपतिले त सामान्य कुरा नै राख्नुभयो, बङ्गलादेश भ्रमणलगायतका विषयमा जानकारी गराउनुभयो, तर प्रधानमन्त्रीले संसद् नि चल्दैन, फेरि पनि विघटनमै जानुपर्छ भन्ने खालले प्रस्तुत हुनुभयो, यसले फेरि पनि राजनीतिक दललाई चिन्तित तुल्याएको स्थिति छ ।”

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार