हट स्पट’ बन्दै काठमाडौं, ३७ हजार बढि संक्रमित

कोरोना संक्रमणको दोस्रो लहरमा अति प्रभावित जिल्लाका रुपमा काठमाडौंसमेत परेको छ । काठमाडौं जिल्लामा मात्रै दैनिक १५ सयभन्दा बढी कोरोनाभाइरस कोभिड–१९ संक्रमित  भेटिन थालेका छन् ।  जिल्लाभित्र पनि काठमाडौं महानगरपालिका संक्रमणको ‘हट स्पट’ बन्न थालेको छ ।

गत वर्ष कोरोनाको सुरुवात काठमाडौंबाटै भए पनि पहिलो लहर तराई क्षेत्रबाट फैलिएको थियो । त्यसको केही महिनापछि मात्रै काठमाडौंमा संक्रमणको ग्राफ उकालो लागेको थियो । यसपटक भने शुरुमै अति प्रभावित जिल्लाका रुपमा काठमाडौं परेको र संक्रमणको गति तिव्ररुपमा बढिरहेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।

कोरोना महामारीको पहिलो लहरमा विशेष गरेर स्थलमार्ग हुँदै विभिन्न सीमा नाकाबाट उपत्यका प्रवेश गर्नेहरुले बढी संक्रमण भित्र्याएका थिए । यसपटक भने समुदायभित्रै नजानिँदो पाराले संक्रमण फैलिएको र ह्वात्तै  बढेको डंगोल बताउँछन् ।

काठमाडौं महानगरपालिका ३२ वटा वडामा हालसम्म ३७ हजार २२२ जना कोरोना संक्रमित भइसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार