१५ वर्षअघि दुर्घटनामा परेको हेलिकप्टर धौलागिरि हिमालमा भेटियो

१५ वर्ष अघि दुर्घटनामा परेको हेलिकप्टर धौलागिरि हिमालमा भेटिएको छ । हिमाल सफाइमा निस्केको सेनाको टोलीले सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टीको हेलिकप्टर फेला पारेको हो ।

सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार हेलिकप्टरभन्दा केही पर दुई वटा शव पनि फेला परेका छन् । ती शवको पहिचान भने नभएको उनले बताए । प्रवक्ता पौडेलका अनुसार दुर्घटनाग्रस्त हेलिकप्टर धौलागिरी बेस क्याम्पबाट एक किलोमिटर टाढा भेटिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार