काठमाडौँ उपत्यकामा एकै दिन करिब तीन हजार संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा करिब तीन हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार ५ हजार ७२७ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा हालसम्म ३ लाख २३ हजार १८७ जनामा कोरोना देखिइसकेको छ ।

३ हजार २७९ जनाको मृत्यु र २ लाख ८१ हजार ८५ जना संक्रमण मुक्त हुँदा हाल नेपालमा ३८ हजार ८१३ जना सक्रिय संक्रमित रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार