काठमाडौं । देशका प्रमुख विद्यार्थी संघ सङ्गठनहरूले अन्तर्राष्ट्रिय बजारको कारण देखाएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि जारी राखे निर्णायक सङ्घर्षमा जान बाध्य हुने चेतावनी दिएको छ । विद्यार्थी सङ्गठनहरूको आइतबार सम्पन्न संयुक्त बैठकले पटक पटक र बेलगाम रूपमा भइरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सन्दर्भमा सरकारको ध्यानाकर्षण गर्न गराएको हो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सृजित महँगी र यातायात एवम् माल बस्तुको ढुवानीमा हुने महँगी अनियन्त्रित हुँदै जाँदा गरिब, किसान, विद्यार्थी मजदुर लगायत आम जनसमुदायमा जनजीवन धान्नै नसक्ने गरी कष्टकर बन्नु अघि नै समाधान निकाल्न तथा विद्युत् लगायत वैकल्पिक ऊर्जा प्रयोगमा जोड दिन उनीहरूले माग गरेका छन् ।
त्यस्तै आर्थिक सङ्कट र रकम अभावको निमित्त कारण देखाएर शिक्षामा घट्दै गएको बजेट आफूहरूलाई हामीलाई कदापि मान्य नहुने उनीहरूको भनाइ छ ।