भरतपुरको मेयरमा एमालेबाट विजय सुवेदीको नाम सिफारिस

नेकपा एमालेले भरतपुर महानगरपालिकामा मेयरको उम्मेद्‍वारमा विजय सुवेदीको नाम सिफारिस गरेको छ ।नेकपा एमालेको भरतपुर महानगरपालिका नगर कमिटीको बैठकले सुवेदीलाई उम्मेद्‍वार सिफारिस गरेको हो ।

अघिल्लो चुनावमा मेयर लडेका जिल्ला इन्चार्ज देवी ज्ञवालीले सुवेदीलाई मेयरको उम्मेद्‍वार प्रस्ताव गरेका हुन् भने सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका छन् ।

सुवेदी प्रदेशसभा सदस्य समेत हुन् । २०७४ मा भएको प्रदेश सभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं २ ख बाट विजयी भएका उनी अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री हुँदा सामाजिक विकासमन्त्रीसमेत बनेका थिए ।

भरतपुरको मेयरमा विजय सुवेदीलाई उठाउने एमालेको तयारी

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार