पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले वर्तमान सरकार भागबण्डामा रमाइरहेको तर बिग्रँदो आर्थिक अवस्थाका बारेमा चिन्तित नभएको आरोप लगाएका छन् । आइतबार नेकपा एमाले सम्बद्ध पूर्व अर्थमन्त्रीहरूको भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री खतिवडाले सरकार तस्करी तथा विचौलियाहरुको चंगुलमा फसेको आरोप लगाए ।
तीब्र आयातलाई रोक्न, रेमिट्यान्स आयातमा व्यवस्थित गर्न तथा उत्पादनमा जोड दिन नसकेको सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न गभर्नर माथि गलत कदम चालेको आरोप लगाए ।
‘आफ्नो मान्छे, तस्कर तथा बिचौलियाहरुलाई कहाँ नियुक्ति दिने र कहाँबाट कहाँ सरुवा भरुवा गर्न सकिन्छ भनेर सरकार लागेको छ, उनको आरोप छ । तर मुलुकको आर्थिक अवस्थालाई सामान्यीकरणमा कसरी लैजान सकिन्छ त्यसतर्फ सरकारले सोच्न नसकेको उनको आरोप थियो ।
खतिवडाले वर्तमान सरकारका अर्थमन्त्रीको कमजोरी ढाकछोप गर्न गभर्नर हटाउन लागि परेको आरोप लगाए । तर, यसबाट काँग्रेसले अहिले पनि नचेतेको उनले बताए ।
‘अहिले पनि काँग्रेसले चेतेन, पहिलेको घटनाबाट सिक्नुपर्ने हो तर भएन, यसअघि गभर्नरमाथि कारबाही गरिएको थियो, हामीलाई नोट छाप्न निकै कठिन भएको थियो । कि त राजाको श्रीपेच भएको नोट चलाउनुपर्थ्यो कि त चुप लागेर बस्नुपर्ने अवस्था बनेको थियो । फेरि सरकार सोही घटना दोहोर्याउने पथमा अघि बढेको छ । यसले मुलुकलाई थप संकट ल्याउनेमा कुनै दुविधा छैन’ खतिवडाले भने ।
बजेट खर्च गर्न पनि पैसा नहुने अवस्था आइसकेको छ : पूर्वअर्थमन्त्री पाण्डे
आर्थिक संकटका हिसाबले नेपाल दोस्रो श्रीलङ्का बन्न सक्छ : पूर्व अर्थमन्त्री पौडेल
प्रतिस्थापन बजेटकै कारण अर्थतन्त्र संकटमा परेको पूर्वअर्थमन्त्री पौडेलको दावी