बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव र्‍याली

भक्तपुर। आजदेखि सुरु हुने ऐतिहासिक एवं सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढङ्गले मनाउन आह्वान गर्दै आज सद्भाव र्‍याली तथा जनचेतना कार्यक्रम आयोजना गरिएको छ।

भक्तपुर नगरपालिकाले आयोजना गरेको एउटा सद्भाव र्‍याली दत्तात्रयबाट सुरु भएर गोल्मढी, सुकुलढोका हुँदै टौमढी पुगेको थियो भने दूधपाटीबाट सुरु भएको अर्को र्‍याली भार्वाचो, टेखापुखु, नासमना, बुलुँचाहुँदै टौमढी पुगेर सभामा परिणत भएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार