अष्ट्रेलियामा ‘स्काई डाइभिङ’का क्रममा एकको मृत्यु

३ चैत, काठमाडौं । स्काई डाइभिङ*का क्रममा दुर्घटना हुँदा सोमबार अष्ट्रेलियामा एक जनाको मृत्यु भएको छ ।

स्काई ड्राइभिङको क्रममा पारासुट नखुल्दा उनको मृत्यु भएको स्थानीय प्रहरीलाई उदृत गर्दै त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । भर्चुअल स्काई डाइभिङ प्रतियोगिताको क्रममा ती व्यक्ति जुरियन खाडी नजिकैको क्षेत्रमा विमानबाट हाम फालेका थिए । तर, पारासुट नखुल्दा उनी जमिनमा पछारिए र मृत्यु भयो ।

स्काई डाइभरलाई घटनास्थलमै मृत घोषित गरिएको थियो । यस विषयमा नागरिक उड्डयन सुरक्षा प्राधिकरण र अष्ट्रेलियन पारासुट महासंघले अनुसन्धान गरिने बताएको छ ।

एजेन्सीहरुको सहयोगमा

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार