भवन भत्किँदा धेरैको हताहती भएको आंशका, उद्दारकर्मी घटनास्थलमा

भारतको उत्तर प्रदेश राज्यको ग्रेटर नोएडा दुई वटा भवन भत्किँदा केही मान्छे थिचिएको आशंका गरिएको छ । अहिलेसम्म भवनले थिचेको अवस्थामा दुई जनाको शव निकालिएको बीबीसीले जनाएको छ ।अहिलेसम्म ती भवनमा कति मान्छे बस्थे भन्ने आधिकारिक जानकारी आएको छैन । उद्धारमा खटिएका अधिकारीले केही मानिसलाई भवनले थिचिएको हुन सक्ने बताएका छन् ।ग्रेटर नोएडाको शाह बेरी गाउँमा मंगलबार राति यो घटना घटेको थियो । भत्किएका भवनमा एउटा निर्माणाधीन भवन थियो भने अर्को दुई वर्षअघि निर्माण भैसकेको भवन थियो ।उद्धार कार्यमा नेसनल डिसास्टर रेस्पोन्स टिम–एनडीआरएफ’ का दुई सय जना उद्धारकर्मी उद्धारमा जुटिरहेका छन् ।भवन किन भत्कियो भन्ने केही कारण खुलेको छैन । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको जाँच गर्न आदेश दिएका छन् । त्यस्तै उप–मुख्यमन्त्री केशवप्रसाद मौर्यले भवन निर्माणमा कुनै कमजोरी भएको भए दोषीमाथि कडा कारबाही हुने बताएका छन् ।

Related posts

Leave a Comment