भोलि देशभर सार्वजनिक बिदा

सरकारले आइतबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यही चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकले आगामी रामनवमी पर्वका लागि बिदा दिने निर्णय गरेको हो ।

आइतबारका लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यसअघि राम नवमीको अवसरमा मधेश प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार