आईपीएलमा गुजरातको लगातार तेस्रो जित

पन्जाब किङसलाई ६ विकेटले हराउँदै गुजरात टाइटन्सले  इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२०  क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ  ।

मुम्बईमा शुक्रबार राति पन्जाबले दिएको १९० रनको लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍याे । गुजरातको जितमा सुबमन गिलले सर्वाधिक ९६ रन बनाए । उनी  उनी आइपिएल र टि२० करिअरको पहिलो शतक बनाउनबाट भने चुके । त्यस्तै, साई सुदर्शनले ३५ रन तथा कप्तान हार्दिक पान्ड्याले २७ रन जाेडे ।

जितको लागि अन्तिम दुई बलमा १२ रन चाहिँएको अवस्थामा राहुल टेवाटियाले लगातार दुई छक्का प्रहार प्रहार गर्दै  गुजरातलाई रोमान्चक जित दिलाए । उनले ३ बलमै १३ रन जाेडे ।

पन्जाबका कागिसो राबडाले २ विकेट लिए । राहुल चाहरको नाममा १ विकेट रह्यो ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १८९ रन बनाएकाे थियाे । पन्जाबका लियाम लिभिङस्टोनले सर्वाधिक ६४ रन बनाए । त्यस्तै, ओपनर शिखर धवन 35 रन, जितिश शर्मा २३ रन तथा  राहुल चाहर २२ रन जाेडे ।

गुजरातका राशिद खानले ३  विकेट लिए । । दर्शन नालकाण्डेले  २ विकेट तथा मोहम्मद शामी, हार्दिक पान्ड्या र लोकी फर्गुसनले १–१ विकेट लिए ।

जितसँगै गुजरात ३ खेलमा ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पन्जाब ४ खेलमा २ अंक जोडेर छैटौं स्थानमा  छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार