मार्सीवाद ! जिन्दावाद !

बिजय ज्ञवाली ।

मार्सीवाद नझुक्किनुहोला, मार्सीभात होईन, मासुभात पनि होईन, यो हो एक्काईसौं शताव्दीमा नेपाल खण्डमा आफ से आफ प्रतिस्थापित नौलो तर कम्यूनिष्ट जस्तै जस्तै देखिने, सामन्तको गन्ध जस्तै जस्तै आऊने, तर सामन्तवाद भने होईन है, ठ्याक्कै भन्नुभन्दा मार्सीवाद आजकल टोल चौतारो, चियापसल, गल्ली, खेत खलियान जहाँ तँही नयाँ वादको प्रतिस्थापन भएको छ मार्सीवाद त्यसैले आऊनुहोस सवैले एकैस्वरमा भनौं मार्सीवाद जिन्दावाद

सानो दुःखले आर्ज्या र साना कष्टले प्रतिस्थापन गर्या होईन मार्सीवादलाई दक्षिणायनकोणवाट हेर्दा राणावाद, राजावाद, कांग्रेसवादसंग गम्सागम्सी गर्दै मार्सीवादसम्मको यात्रा तय गरेको देखिएतापनि यसो उत्तरायणतिरवाट सोंचिल्याऊँदा मार्सीवादसम्मको यात्रा झनै रोमाञ्चक छ। झापामा गुलेली र मट्याङ्ग्रा लिएर यसो प्याट्ट प्याट्ट पार्दै गरेका कतिपय लाल कमेडियनदेखि लिएर दक्षिणि छिमेकीको आशिर्वाद र संरक्षकत्वमा रुकुम(रोल्पातिरवाट यसो ड्याम्म ड्याम्म पार्दै, मार्दै लूट्दै ९देशको अस्मितासंगै नारीको अस्मिता पनि० फेरि पनि लुट्दै, घुर्क्याऊँदै, छल्दै, ढाँट्दै, भेष बदल्दै, गुमराहमा राख्दै, काठमाडौसम्म छिरेका कतिपय अझ थप लाल कमरेडहरुको बारम्वारको सिंहदरवारको सिंहासन, ओली माहात्म्यको गर्जासनको गर्ववाट दूर्गा प्रसाईँको जन्मासन भयो। पछि कालान्तरमा शिविरका सेनाको नाममा प्रवाहित अत्याधिक मोटो रकमको झ्वाम्म्वासन, नवसम्भ्रान्तवर्गासन, सत्तास्वान, रस्वाद्वानमाझ ओली गर्जासनले पनि ब्यापक मेल खान गयो र त प्रचण्ड्स्वासन र ओलीस्वासनको अपार मिलन र कनिकुथीबाट यदाकदा सामन्तवाद भन्ने अहंको भेऊ कांग्रेस नामक बबुरोले बल्ल तल्ल भेऊ पायो। यो सामन्तवाद भन्ने ब्यवस्था पनि चानचुने कुरा होईन हेर्नुस, बढो घनचक्कर छ सामन्तवादसम्मको यात्रा पनि। तर ऐले हामीले सामन्तवादलाई पनि पछाडि पछार्दै मार्सीवादसम्मको यात्रा तय गरेकाले हामी मार्सीवादको कुरा गर्दछौं, मार्सीवादमा के कस्तो व्यवस्था हुन्छ, कस्ता कस्ता नियमकानुन हुन्छन र देश कसरि मार्सिवादपथमा लम्किन्छ भन्ने बारेमा धेरथोर चर्चा गर्दछौं।

खासमा मार्सिवाद एक्काईशौं शताव्दिको नेपाली माटो सुहाऊँदो नेपालीद्वारा नै प्रतिस्थापित नयाँ वाद हो। हामीले बिभिन्न वादहरु झेल्दै, छिचोल्दै पार गर्दै नयाँ युगको नयाँ वादसम्म आईपुगेका छौं। राणावाद, राजावाद, वहुलवाद, प्रजातन्त्रवाद, लोकतन्त्रवाद, गणतन्त्रवाद, लूटतन्त्रवाद, पूँजिवाद, समाजवाद, साम्यवाद, अधिनायकवाद,सामन्तवाद सवै वादहरुलाई अव तिलस्मी दिंदै हामीले नयाँ वादको प्रतिस्थापन गरेका छौं( मार्सिवाद। झट्ट हेर्दा यो वाद कहिं कतै पूँजिवाद र सामन्तवादको चरित्रसंग मिल्दोजुल्दो त छैन भन्ने आशंका धेरैमा रहेपनि खासमा मार्सीवाद को चरित्र र निकट ईतिहास अझ रोचक छ।

साथीहरु, मार्सीवादको बारेमा लेख्दैगर्दा हामीले प्रचण्ड र ओली फ्यूजनको बारेमा माथी बताईसकियो। अव खासमा ञमार्सिवाद कसरि स्थापित हुन गयो त ? आऊनुहोस, यसवारेमा पनि धेरथोर चर्चा गरिहालौं। प्रचण्ड र ओली माहात्म्यको फ्यूजनबाट सामन्तवाद स्थापना भएको र सामन्तवाद हुंदै अधिनायकवादको गन्ध आएको भनेर बबुरो कांग्रेसले आज भनेको होईन, प्रचण्ड ओली मिलनको हल्लापूर्वै कांग्रेसले गन्धैबाट थाहा पाएको थियो भनेर पहिल्ल्यै भनिसकेको छ। अव कुरो ञमार्सिवादझ को रह्यो। प्रचण्ड माहात्म्य र ओली माहात्म्यको गर्ववाट जन्मेको अधिनायकवाद को अन्त्य दुर्गा प्रसाईँको डाईनिङ्गमा गएर अन्त्य हुन्छ। हरेक चिजको समय छ, हरेक समयको अन्त्य छ। हेर्नुस, यसरि अधिनायकवाद जारी रहेतापनि अधिनायकवादलाई नै मात दिनेगरि दुर्गा प्रसाईंको डाईनिङ्ग रुमवाट मार्सीवाद को प्रतिस्थापन भएको पाईन्छ। प्रचण्ड(ओली फ्यूजनसंगै बिचमा जोडिन आएका दुर्गा प्रसाईंको महाफ्यूजनको उल्का रुप नै मार्सीवाद हो। सारमा अधिनायकवादको शव्दार्थ अलिक कडा मने निट प्याग भयो भनेर नै अधिनायकवादलाई प्रतिस्थापन गर्दै मार्सीवाद प्रचलनमा ल्याईएको हो। यति महान योगदानका लागी दुर्गा प्रसाईं धन्यवादका पात्र छन। ईतिहासले उनलाई सदैव सम्झिरहनेछ।

संसारमा मज्जाले हावा खाएको पथ प्रचण्डपथ मुलुकमा यति जग्गा प्लटिङ्ग भए, तर प्रचण्ड पथ भनेर कसैले नाम राखेको ऐलेसम्म थाहा पनि पाईएन। बरु अव मार्सीपथ सार्वजनिक होला, तर प्रचण्डपथ कदापी फापेन। माओ माधवकुमार र ओलीको संक्षिप्त स्वरुप माओ अर्थात माकुनेवाद र ओलीवादको संयुक्त स्वरुप हो माओवाद। र, त प्रचण्डपथ चैतको खडेरिझैं विलिन हुन बाध्य भयो।

के गर्छ मार्सीवाद ले ?

मार्सीवादले सवैभन्दा ठूलो कुरा आजसम्मका सवै वाद मध्ये सामन्तवाद र अधिनायकवादको संरक्षण एवं अभिभावकत्व ग्रहण गर्दछ। मार्सीवाद दुर्गा प्रसाईंको चुलोबाट झिल्का भएर उठेको आज देश विदेशमा उल्का गरिराछ र त यो वादले देशमा हलचल अवश्य ल्याऊनेछ। कसैको शोकलाई पैशा र पावरको शक्तिमा बदल्ने क्षमता राख्नेछ भने मार्सीवाद लागू भएयता मुट्ठिभरका देशभक्त दलाल र माफियाले सिंगो पार्टि र सरकार कव्जा गरेर देशलाई बन्धक बनाऊने छन भनेर मैले भनिरहन परेन, समय साक्षी छ। आफू त सकारात्मक मात्र हुने हो। मार्सीवादमा भोली फेरि ञमार्सीझ चामलको भात पड्काऊन निम्ता आयो भने म पनि स्वाद चाख्न जानैपर्ने हुन्छ र त, मार्सीवादको असली स्वाद जनताले पनि थाहा पाऊँछन। त्यसैले म नरम भएकै राम्रो ।

मार्सीवाद कै सानिध्यमा नन्दप्रसाद अधिकारी त्रिवि शिक्षण अस्पतालको शव संरक्षण कक्षमा चिसो बरफले घेरिएको कफिनभित्र विगत ४ बर्षदेखि खित्का छोड्दैछन भने गंगामाया अधिकारी झण्डै आफ्नै बुढोसंगै खित्का छोड्न पुगेकी ।

मार्सीवादमा डा. गोविन्द केसी अव विस्तारै बद्नाम पारिंदैछन। राजेन्द्र पाण्डे र दुर्गा प्रसाईंलाई विस्तारै हिरो बनाईंदैछ।

यता, डा. केसी र गंगामायाको लाश पनि नन्दप्रसाद अधिकारीसंगै मिलाएर त्रिशूलीको नदिमा सेलाऊने भित्री प्रपन्च मार्सीवाद गर्दैछ।

आखिर के गर्दैन मार्सीवादले यो पो गर्ने भित्री प्रपन्च रचेको छ मार्सीवाद ले ।

एकसाथ भनौं, जय मार्सिवाद

Related posts

Leave a Comment