प्रचण्डका भाइ राष्ट्रिय सभा सदस्यमा मनोनित

राष्ट्रियसभाको सदस्यमा नारायणप्रसाद दाहाल (चितवन) मनोनित भएका छन् ।  सरकारको सिफारिसमा राष्टपति विद्यादेवी भण्डारीले दाहाललाई मनोनित गरेकी हुन् ।

विहीबार बसेको मन्त्रिपरिषदको निर्णय अनुसार राष्टपति भण्डारीले दाहाललाई सदस्यमा मनोनित गरेको राष्टपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

दाहाल माओवादी अध्यक्ष प्रचण्डका नातामा भाइ हुन् । दाहाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका काकाका छोरा हुन् भने उनी पार्टीको केन्द्रीय सदस्य पनि छन् । यसअघि उनी संविधानसभा सदस्य पनि भइसकेका थिए । नेकपा एकता कालमा उनी पार्टीको बागमती प्रदेश कमिटी अध्यक्ष थिए ।

रामनारायण बिडारीको अवधि सकिएपछि रिक्त रहेको पदमा उनी मनोनीत भएका हुन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार