काठमाडौं जिल्ला अदालतको अन्तरकालीन आदेशपछि पशुपतिस्थित धर्मशालामा लगाइएको ताला खोलिएको छ । शुक्रबार दिउँसो पशुपति क्षेत्र विकास कोषले बतास समूहद्वारा सञ्चालित धर्मशालाको मूल गेटमा ताला लगाएको थियो ।
कोषले शुक्रवार ताला लगाए लगत्तै अदालतले निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने कुनै आधार र कारण भए सबुत प्रमाणसहित १५दिन भित्र आफै वा कानुन बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न विपक्षीहरूको नाममा अदालतले आदेश दिएको थियो ।
होटेल आनन्द प्रा.लिले पशुपति क्षेत्र विकास कोषलाई विपक्षी बनाएर रिट दायर गरिएको छ ।
करिब २ घण्टाको घम्साघम्सीपछि पशुपति धर्मशालामा सरकारले लगायो ताला