विश्वभर अकाशियो खाद्यान्नको भाउ

रुस–युक्रेन युद्धका कारण विश्व बजार नराम्रोसँग प्रभावित भएको छ । बजारमा दैनिक उपभोग्य बस्तुको मूल्य आकाशिएको छ । कुनै कुनै वस्तुको मूल्य अहिले सम्मकै उच्च विन्दूमा पुगेको छ ।संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठनले शुक्रबार दिएको जानकारीअनुसार अन्न, तरकारी, जैविक तेललगायत पदार्थको मूल्य अत्यधिक बढेको हो।

युद्धका कारण अन्तरराष्ट्रिय क्षेत्रमै पेट्रोलियम पदार्थको मूल्यमा असर परेकाले त्यसको असर खाद्य पदार्थमा पनि परेको हो। रुस(युक्रेन युद्ध नरोकिए भाउ बढ्ने क्रम निरन्तर बढ्दै जाने र सबैभन्दा बढी मर्का न्यून आय भएका मानिसलाई पर्ने भन्दै राष्ट्रसंघले चिन्ता पनि व्यक्त गरेको छ। राष्ट्रसंघले तत्काल युद्ध अन्त्य गरी वार्तामार्फत विवाद समाधान गर्न दुवै पक्षलाई पटक(पटक आग्रह पनि गर्दै आएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार