निषेधाज्ञामा विमानस्थलका प्रिपेड ट्याक्सीको मनपरी

काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रिपेड ट्याक्सीको मनपरी बढेको छ । निषेधाज्ञाका समयमा यात्रु ओसार–पसार गर्ने अनुमति पाएको प्रि–पेड ट्याक्सीले यात्रुसँग महङ्गो भाडा लिने तर सामान्य सुरक्षा सर्तकर्ता समेत नपनाउने गरेका छन ।

विमानस्थल प्रशासन र विभिन्न पार्टी निकट मजदुर संगठनका नेताहरुको लगानीमा सञ्चालित यी ट्याक्सीले विभिन्न स्थानको भाडा शुल्क निर्धारण गरेको भएपनि यो तुलनात्मक रुपमा निक्कै महंङगो छ । अन्य समयमा सार्वजनिक ट्याक्सीमार्फत यात्रा गर्ने यात्रुले प्रतिकिलोमिटर तिर्ने भाडाभन्दा प्रिपेड ट्याक्सीको भाडा दुईगुणा बढि छ । जसका कारण विमानस्थल हुदै यात्रा गर्ने यात्रुहरु मर्कामा परेका छन । यसको नियमन गर्न गर्ने निकाय विमानस्थल प्रशासनको उच्च अधिकारीको लगानी भएकाले यसको नियन्त्रणका लागि कसैको ध्यान नभएको सरोकारवाला बताउछन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार