लोसपाले केन्द्रमा चुनावी गठबन्धन नगर्ने, स्थानीय स्तरमा तालमेलको तयारी

कामठाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीले केन्द्रमा तालमेल नगरे पनि स्थानीय तहमा तालमेल गर्ने भएको छ । चुनावकाे विषयमा छलफल गर्न शुक्रबार बसेकाे लाेसपाकाे बैठकले केन्द्रबाट नै तालमेल नगर्ने निर्णय गरेकाे हाे ।

यस भन्दा पहिले एक दुई मन्त्रालय लिएर गठबन्धनकै सरकारमा सहभागी हुने र चुनावी तालमेलमा लोसपा पनि सहभागी हुने आन्तरिक कसरत चलेको थियो।तर शेर बहादुर देउवासँग रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानुन मन्त्रालयमा आफ्नै पार्टीबाट बुधबार दुई मन्त्री नियुक्त गरिसकेका छन्। बाँकी रहेको रक्षा मन्त्रालय कसैलाई दिने मनस्थितिमा देउवा सरकार नदेखेपछि लाेसपा चुनावी गठबन्धनकाे विपक्षमा उभिएकाे हाे ।

वर्तमान सरकारमा जाने विषयमा कुनै औपचारिक कुरा नभएको र सरकारमा जाने सम्भावना पनि नरहेको लोसपाका एक नेताले बताएका छन् । गठबन्धनले लोसपा आन्तरिक रुपमा ससंकित भए पनि बाहिरी रुपमा भने केन्द्रमा कुनै दलसँग गठबन्धन नगर्ने बताएको छ। स्थानीय स्तरमा नै पार्टीलाई आवश्यक्ता अनुसार कुनै पनि दलसँग चुनावी तालमेल गर्ने अधिकार दिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार