सत्ता गठबन्धनको बैठक सकियो, संयुक्त विज्ञप्ति जारी गर्दै

काठमाडौं । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका लागि गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिले निर्वाचन सम्बन्धमा संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ ।

शुक्रबार बालुबाटारमा बसेको गठबन्धनमा आवद्ध दलहरुका शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको बैठकमा सहभागी नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

“आजको बैठक अनौपचारिक हो । हामीले रामचन्द्र पौडेलको नेतृत्वमा रहेको समितिले निर्वाचनका सन्दर्भमा संयुक्त विज्ञप्ति जारी गर्नेबारे कुरा गर्यौंँ,” उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार