इजरायलमा भागदौड मच्चिँदा कम्तीमा ३८ जनाको मृत्यु, सयौं घाइते

इजरायलमा हासिडिक यहुदी पर्वका बेला भएकाहरु बिच भागदौडमा परेर कम्तीमा ३८ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी इजरायलको माउन्ट मेरोनमा एक जना प्रसिद्ध रब्बीको समाधीस्थलमा भएको कार्यक्रममा शुक्रबार भागदौड मच्चिएको हो ।

घटनामा कम्तिमा ३८ जनाको मृत्यु भएको र सयौं घाइते भएको स्थानीय एक पत्रिकालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तर, अधिकारीहरूले मृत्यु हुनेको आधिकारिक संख्या जानकारी गराएका छैनन् ।

उक्त धार्मिक कार्यमा एक लाख बढी मानिस सहभागी भएका थिए । नाचगान चलिरहेका बेला एक्कासी भागदौड मच्चिएको हो ।

दोस्रो शताब्दीका रब्बी सिमोन बार एचाईको सम्झनामा हरेक वर्ष हजारौं अर्थोडक्स यहुदीहरू उक्त ठाउँमा भेला हुने गर्छन् । भेला भएकाहरूले रातभरि आगो बालेर नाचगान गर्ने चलन छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार