जनतालाई छिटो समाचार दिने क्रममा हतार गर्दा गल्ती भयो -ऋषि धमला

प्रधानमन्त्री चढेको जहाजभित्रबाट प्रत्यक्ष प्रशारण गर्ने नाममा हुल हुज्जत गरेकोबारे पत्रकार ऋषि धमलाले गल्ती स्वीकार गर्दै प्रेस काउन्सिलमा स्पष्टीकरण दिएका छन् ।काउन्सिलले हिजो २४ घण्टाको म्याद दिएर सोधेको स्पष्टीकरणको जवाफ धमलाले आज प्रतिनिधिमार्फत समयमै पठाएका हुन् ।

काउन्सिल स्रोतका अनुसार धमलाले घटनाप्रति आत्मालोचना गरेका छन् । आइन्दा यस्तो गतिविधि नगर्ने उनको प्रतिबद्धता छ ।

‘जनतालाई सुसूचित गर्न छिटो समाचार दिने क्रममा हतार गर्दा गल्ती हुन गएको’ धमलाले बताएका छन् । स्पष्टीकरण पत्रमा धमलाले आफू पत्रकार आचार संहितालाई लिएर प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार