नेपाल वायुसेवा सञ्चालक संघले प्रत्यक्ष प्रसारणको नाममा पत्रकार ऋषि धमलाले असंवेदनशील व्यवहार देखाएको भन्दै आपत्ति जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा भारतबाट स्वेदश फर्किने क्रममा पत्रकार धमलाले असभ्य र उडान सुरक्षामा गम्भीर असर पुग्ने व्यवहार देखाएको प्रवक्ता योगराज कँडेल शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
‘उक्त उडानमा यात्रुलाई अनावश्यक हैरानी हुने कार्य नगर्न चालक दलको पटक(पटकको अनुरोधलाई बेवास्ता गर्दै जबरजस्ती भिडियो क्लपिङ गरी लाइभ समाचार प्रसारण गर्नु भीभीआइपी सुरक्षा प्रोटोकलको समेत उल्लंघन भएको हुँदा यस्ता अवाञ्छित कार्य नगर्नु हुन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।
यसअघि प्रेस काउन्सिलले नेपालले पनि पत्रकार धमलासँग स्पष्टीकरण सोधेको थियो।