थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८०७ जनामा गरिएको नमुना परीक्षणमा १३ जनालाई संक्रमण पुष्टि भएको हो ।

सो समयमा ५७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । यस्तै ७६५ जना संक्रिय संक्रमित रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार