मन्त्री राजेन्द्र श्रेष्ठ चढेको गाडीले मोटरसाइकललाई ठक्कर दियो

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ चढेको गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ । मन्त्री राजेन्द्र श्रेष्ठ चढेको गाडीले सिन्धुलीमा मोटरसाइकललाई ठक्कर दिदाँ चालक घाइते भएका छन् । घाइते हुनेमा दोलखा बैतेश्वर गाउँपालिका–८ बस्ने २५ वर्षीय कृष्णप्रसाद दाहाल रहेका छन् ।

बुधबार बिहान काठमाडौंबाट रामेछाप जाँदै गर्दा सुनकोशी गाउँपालिका–६ घुमाउने चैनपुर नजिक बिपी राजमार्गमा बा २ झ ४१२९ नम्बरको गाडीले विपरीतबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२८–प ९२८६ नम्बरको मोटसाइकललाई ठक्कर दिएको थियो।

घाइते दाहालको प्राथमिक उपचारको लागि खाल्टे पुर्‍याइएको थियो। त्यहाँबाट थप उपचारको लागि काभ्रेस्थित धुलिखेल अस्पताल ल्याइएको छ। उनको दाँया हात र खुट्टामा चोट लागेको छ ।

मन्त्री मन्त्री रामेछापस्थित एक कार्यक्रमको लागि जाँदै थिए। प्रहरीले गाडीलाई भने नियन्त्रणमा लिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार