नेपालमा बिहीबार अहिलेसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु, ४ हजार ९२८ जनामा संक्रमण

सक्रिय संक्रमितको संख्या ३४ हजार नाघ्यो

नेपालमा बिहीबार एकैदिन ३५ जनाको कोरोनाबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ३५ जनाले कोरोनाका ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४६ पुगेको छ । मन्त्रालयका अनुुसार दैनिक मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो ।

यस्तै नेपालमा बिहीबार थप ४ हजार ९२८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालहरुमा गरिएको परिक्षणमा ४ हजार ९२८ जनामा कोरोना देखिएको हो ।

१२ हजार ५९७ जनाको पीसआर परिक्षणमा ४ हजार ८३१ जना र ९ सय ६३ वटा एन्टीजेन परीक्षण गर्दा ९७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ३ लाख १७ हजार ५३० पुगेको छ ।

त्यस्तै थप ८८८ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म दुई लाख ८० हजार १६७ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ३४ हजार ११७ संक्रमित आइशोलेशनमा छन् भने ५९जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २४ लाख ५८ हजार ५६५ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार