सुपारी आयात तत्काल रोक्न सरकारलाई निर्देशन

संघीय मामिला अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितीले तत्काललाई सुपारीको आयत रोक्न निर्देशन दिएको छ । आज बसेको समितिको बैठकमा समितिका सभापति विमलकुमार श्रीवास्तवले सरकारसमक्ष यस्तो निर्देशन दिएका हुन ।

समिति सुपारी आयत गर्ने उद्योगको स्थलगत अनुगमन गर्ने र अनुगमन सकेर फर्किएपछि यससम्बन्धि थप छलफल गर्ने सभापति श्रीवास्तवले बताए । सुपारी बाहेक केराउ र मरिचको आयातमा भने समस्या नरहेको समितिको ठहर छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार