पाँचदलीय गठबन्धन कुहिएको छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको पाँंचदलीय गठबन्धन कुहिएको गठबन्धन भएको बताएका छन् । यो गठबन्धन कुहिसकेकाले चाँडै टुट्ने पनि उनले दाबी गरेका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित शान्ति निकेतन माविको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।

अध्यक्ष ओलीले भने, ‘जसरी फल कुहिनेबित्तिकै झर्दैन । उसलाई केही समय लाग्छ । यो गठबन्धनको हालत पनि यस्तै भइसक्यो । कुहिएको फल छुट्न थालेसँंगै गठबन्धन टुट्न थाल्छ ।’

ओलीले अबको निर्वाचनपछि विकासको लहर सुरु हुने दाबी पनि गरे । चुनावपछि एमाले विजयी हुने र त्यसपछि शिक्षा, स्वास्थ्य सबैमा विकासको लहर चल्ने उनको भनाइ थियो । विद्यार्थीलाई देशभक्तिबारे अहिलेदेखि नै सिकाउनुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार