गाउँपालिकाका अध्यक्षमाथि आक्रमण गर्ने काँग्रेस कार्यकर्ता पक्राउ

धादिङको खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण गरेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका केहि कार्यकर्तालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार नेपाली कांग्रेस वडाध्यक्षको टिकट सफिारिस गर्न छलफल भइरहेको समयमा कांग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत रहेका गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण भएको थियो । काँग्रेस कार्यकर्ता राजु पाख्रिन र अध्यक्ष तामाङबीच टिकटका विषयमा विवाद भएको प्रहरीले जनाएको छ । घाइते तामाङको सत्यदेवी स्वास्थ्यचौकीमा उपचार गरिएको छ ।

आक्रमणको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कांग्रेस कार्यकर्ताले गरे आफ्नै पार्टीका गाउँपालिका अध्यक्षमाथि आक्रमण

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार