तीन दिनभित्र आंचारसहिता लागु गर्ने आयोगलको तयारी

हस्ताक्षर नगर्नेलाई पनि आंचारसहिता लागु हुने

निर्वाचन आयोगले अबको तीन दिनभित्र स्थानीय निर्वाचन आचारसहिता लागु हुने बताएको छ । स्थानीय चुनावको घोषणा भएको हप्तौँ बितिसक्दा पनि निर्वाचन आचारसंहिता जारी नगरेको भन्दै निर्वाचन आयोगको आलोचना हुँदै आएको थियो ।

आचारसंहिता कार्यान्वयन गराउनका लागि संस्थागत गृहकार्य भइरहेको र तीन दिनमा काम सकिने आयोगले प्रष्ट्याएको छ ।यस्तै आयोगले प्रतिबद्धता पत्रमा हस्ताक्षर नगर्नेलाई पनि आचारसंहिता लाग्ने बताएको छ । आचारसंहिता नमान्नेलाई कारबाही हुने उनले स्पष्ट पारे । मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा एमाले लगायतका केही दलले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिएनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार