चिनमा कोरोना संक्रमण फेरी बढ्न थाल्यो, साङ्घाईमा व्यापक निषेधाज्ञा लागु

चिनियाँ अधिकारीहरूले साङ्घाईमा जारी निषेधाज्ञा पूरै दुई करोड पचास लाख जनसङ्ख्यामा लागु हुने गरी बिस्तार गरेका छन्।यो निर्णय त्यहाँ कोभिड–१९ सङ्क्रमितहरूको सङ्ख्या ह्वात्तै बढेपछि लिइएको हो।

सुरुवातमा पूर्वी र पश्चिमी क्षेत्रहरूमा छुट्टाछुट्टै प्रावधानहरू अपनाइएको थियो तर अहिले सहरको सबै भूभाग समेट्ने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। साङ्घाई हालसम्म निषेधाज्ञा जारी भएको चीनको पहिलो ठूलो एकल सहर हो। महत्त्वपूर्ण वित्तीय केन्द्र समेत रहेको यस सहर विगत एक महिनादेखि कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहरसँग सङ्घर्षरत छ।

अधिकारीहरूले कोरोनाभाइरसको सङ्क्रमण दर प्रतिदिन १३,००० भन्दा माथि पुगेपश्चात् नयाँ नियम लगाएका हुन्।सहरका केही भेगका बासिन्दाका अनुसार उक्त कडा प्रावधान अन्तर्गत कोही पनि आफ्नो घर बाहिर निस्कन पाउँदैनन्।

उनीहरूलाई अत्यावश्यक सामग्री जोहो गर्न समेत बन्देज लगाइएको छ।स्थानीय बासिन्दाहरूले अनलाइनमार्फत खाद्यान्न र पानी मगाउन समेत कठिनाइ भएको बताएका छन्।निषेधाज्ञामा उनीहरूले आफ्नो आवश्यकता अनुरूप सामान कहिले माग गर्ने भन्नेमा पनि कडाइ गरिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार