आज विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ २८ पैसा र बिक्री दर १२० रुपैयाँ ८८ पैसा कायम गरेको छ । युरोपियन युरो एकको खरिद दर १३२ रुपैयाँ चार पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ तीन पैसा र बिक्री दर १५८ रुपैयाँ ८२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ९८ पैसा मात्र र बिक्री दर १३० रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ८२ पैसा र बिक्री दर ९२ रुपैयाँ २८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ तीन पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ७९ पैसा र बिक्री दर ९ रुपैयाँ ८४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९० पैसा र बिक्री दर १९ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार