रुसलाई आर्थिक क्षेत्रमा घेर्ने युरोपेली संघको तयारी

रुस–युक्रेन युद्धको आज ४२ औँ दिन । युरोपेली संघले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई घेर्नका लागि अब उनका छोरीहरूमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । न्यूयोर्क टाइम्सको समाचार अनुसार पुटिनकी एक छोरी नेदरल्यान्डमा बस्दै आएकी छिन् । यद्यपि रुसले कहिले पनि उनको पहिचान खुलाएको छैन । अर्कोतिर ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले रुससँग युद्ध गर्नु अमेरिकी जनताको हितमा नभएको बताएकी छिन् ।

 

रुसलाई आर्थिक क्षेत्रमा घेर्ने तयारी
ब्लूमबर्गका अनुसार अमेरिका, युरोपेली संघ र जी–७ मिलेर रुसमा हुने सबै लगानीमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेका छन् । यसैगरी बेलायती विदेश सचिव लिज ट्रसका अनुसार बेलायत त्यतिबेला सम्म रोकिने छैन, जतिबेलासम्म पुटिन असफल हुँदैनन् ।

यता डेनमार्कले १५ रुसी अधिकारीलाई आफ्नो देशबाट निकाल्ने घोषणा गरेको छ । उनीहरुलाई १४ दिनभित्र डेनमार्क छोड्ने आदेश दिइएको छ । डेनिस विदेशमन्त्री जेप्पे कोफोडले जासुसी अधिकारीहरुले आफ्नो देशमा बसेर जासुसी गरिरहेको आरोप लगाएका छन् । यो भन्दा पहिले जर्मनी र फ्रान्सले पनि रुसका कुटनीतिज्ञहरूलाई निकालेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार