ओलीको अभिव्यक्ति प्रति लोसपा नेता सरार्फको आपत्ति

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई मधेशवादी दलका नेताले खण्डन गरेका छन् ।वीरगञ्जमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘केही स्वार्थीवादीहरुले केपी ओली मधेश विरोधी’ रहेको भनेर हल्ला फैलाएको भन्ने अभिव्यक्तिलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वीरगन्ज महानगर अध्यक्ष ओमप्रकाश सरार्फले खण्डन गर्दै विरोध जनाएका हुन् ।

सर्राफले सामाजिक सञ्जालमा स्टाट्स लेख्दै केपी ओलीले आन्दोलनको बेला ओलीले दिएका अभिव्यक्तिहरु मधेश विरोधी नै भएको दाबी गरेका छन् । नेता सरार्फले विभेद कायम रहेसम्म समृद्धि र दिगो बिकास सम्भव नहुने कुरा ओलीले बुझ्न बाँकी रहेको टिप्पणी गरेका छन् ।

‘मधेशवादी दलबाट आफ्नो पहिचान बनाई ‘ओली शरनम् गच्छामी’ भएका मधेशका गद्दारहरुले ओलीलाई सो कुरा छिट्टै बुझाउने छन् भन्ने विश्वास छ’ उनले स्टाटसमा भनिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार