कङ्गोमा ज्यान गुमाएका नेपाली सैनिक सुर्खेतका गुरुङ रहेको पुष्टि

कङ्गोमा शान्ति मिसनको क्रममा विद्रोहीको आक्रमणमा ज्यान गुमाएका नेपाली सैनिक सुर्खेतको गुर्माकोट–१४ का अनिल गुरुङ रहेका खुलेको छ ।अपरेशन ‘बाली’ का क्रममा हिजो विद्रोहीको आक्रमणबाट घाइते भएका सिपाही गुरुङलाई थप उपचारका लागि बुनियाँ लेबल–२ अस्पताल लगिएको थियो ।

शान्ति सेनाको पहिलो डफ्फा कङ्गोमा खटिएका गुरुङको उपचारका क्रममा ज्यान गएको नेपाली सेनाले पुष्टि गरेको छ । प्रधान सेनापति महारथी प्रभुराम शर्माले ज्यान गुमाएका गुरुङ्गप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गरे ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले यसअघि नै शोक विज्ञप्ति निकालेर मृतक नेपाली सैनिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै शान्ति सेनामाथि भएको आक्रमणको निन्दा गर्दै उनले घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन कङ्गोका अधिकारीलाई आग्रह गरे ।

कंगोमा विद्रोहीको आक्रमणमा परेर एक नेपाली शान्ति सैनिकको मृत्यु

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार