कस्ताे छ आजकाे माैसम ?

नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । प्रदेश १ र बागमतीका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

दिउँसो प्रदेश १ को पहाडी भू-भागका केही स्थानमा तथा बागमती र गण्डकीका पहाडी भू(भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ ।

बिहीबार प्रदेश १ को पहाडी भू(भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भू(भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार