कांग्रेस, एमाले र माओवादीले देशलाई दुर्गतितिर धकेल्दै छन् : राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रका कारण देश दुर्गतितिर धकेलिएको आरोप लगाएका छन् । राप्रपा बाग्लुङले मंगलबार आयोजना गरेको कार्यक्रममा आमसभामा लिङ्देनले कांग्रेस, एमाले र माओवादीले बाहिर जे भने पनि भित्र एउटै रहेको बताएका हुन् ।

ठूला दलका नेताहरू भ्रष्टाचारमा मुछिएको र वैदेशिक हस्तक्षेप भित्र्याएको उनको आरोप छ । उनले भने, ‘देशलाई दुर्गतिको बिन्दुमा पुर्याउन यी तीनवटै दलले समान साझेदार गरेका छन् । वैदेशिक हस्तक्षेप देशमा भित्र्याउने काम यिनकै हो । विदेशीको सहयोगविना यो देशमा प्रधानमन्त्री बन्न सकिँदैन, मन्त्री बन्न सकिँदैन । त्यसकारण विदेशीको पाउ मोल्ने काममा यिनै दलहरू संलग्न छन् ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार