नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचन – २०७९ का सन्दर्भमा अपिल जारी गरेको छ । समाजवाद उन्मुख समृद्धिको लागि माओवादीको नेतृत्व अनिवार्य भएको अपिलमा उल्लेख गरेको छ ।
माओवादीले संविधानमा रहेको मौलिक हक कार्यन्वयन गर्न सबै तहमा माओवादी केन्द्रको नेतृत्व चाहिने अपिलमा दाबी छ ।
‘आधारभूत स्वास्थ्य सेवा र विद्यालय शिक्षा निःशुल्क प्रदान, खाद्य सुरक्षा, आवास, रोजगारी, स्वच्छ वातावरण, जातीय, क्षेत्रीय एवं लैंगिक समानतालगायतका मौलिक हक कार्यान्वयन पनि समाजवादउन्मुख समृद्धिको अभियानसँगै पूर्णरुपले कार्यान्वयन हुँदै जानेछन्’, अपिलमा छ, ‘जनक्रान्तिको रक्षा,राष्ट्रिय स्वाधीनताको सुदृढीकरण र सामाजिक न्यायसहितको आर्थिक विकासका लागि माओवादी केन्द्रको नेतृत्व वर्तमानको अपरिहार्यता हुन गइरहेको छ ।’
यस्तो छ माओवादीको अपिल
आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु,
भूमण्डलीकृत पूँजीवादको रुपमा विकसित हुँदै गएको वित्तीय एकाधिकार पूँजीवादले वित्तीय संस्था र बहुराष्ट्रिय नियमहरुमार्फत् विश्व बजारमा आफ्नो वर्चश्व स्थापित गर्न नवऔपनिवेशिक प्रणालीलाई थप सुदृढ गर्दै जाने नीति अवलम्बन गर्दै आइरहेको छ । त्यही एकाधिकार पूँजीको छहारीभित्र हुर्कँदै गइरहेको दलाल पूँजीवादका कारण तेस्रो विश्वका मुलुकहरुको राष्ट्रिय स्वाधीनताको प्रश्न गम्भीर र चुनौतिपूर्ण बन्दै गइरहेको छ । नेपाल त्यसको अपवाद होइन ।
नेपाली मौलिकता र विशेषतामा आधारित संघीय प्रणालीअन्तर्गत संघीय सरकारको नेतृत्वले प्रदेश र स्थानीय सरकारको काम कारबाहीमा महत्वपूर्ण अर्थ राख्ने गर्दछ। प्रारम्भमा नै संघीय सरकारको नेतृत्व संघीयताप्रति उदार नहुनुको कारण संविधानले निर्दिष्ट गरेको अधिकारहरुको बाँडफाँड सही रुपमा हुन सकेन। त्यसैगरी राज्यको पुनर्संरचनापछि आवश्यक प्रशासनिक पुनर्संरचनालाई केवल कर्मचारी समायोजनमा सीमित गरी झारा टार्ने जस्तो गरियो। बजेटको विनियोजन संघीय अवस्था र समानुपातिक मूल्यमान्यता अनुरुप नभएर आफू अनुकूल हुने गरी वितरण गरेको कारण प्रदेश र स्थानीय सरकारका काम कारबाहीहरुमा गम्भीर प्रभाव प¥यो।
पहिलो कार्यकाल हुनुको कारण नीति,विधि निर्माण संरचनागत अवस्था र अनुभवबाट सिक्दै जाने अवस्थाले पनि स्थानीय तहका काम कारबाहीमा केही प्रभाव परेको देखिन्छ। आगामी दिनमा यसबारे सुधार हुँदै जाने आशा गर्न गर्न सकिन्छ।
स्थानीय तह संसदीय प्रणालीअन्तर्गत केवल अधिकारको बाँडफाड मात्र थिएन। राज्यको समाजवादउन्मुख चरित्र,समानुपातिक समावेशी मूल्यमान्यता,नागरिकका मौलिक हकको सुनिश्चितता,राज्यले गर्ने संवैधानिक व्यवस्था,तीन खम्बे आर्थिक नीतिका मूल्यमान्यताहरुसहित स्थानीय सरकारको जिम्मेवारी र कर्तव्यलाई बुझ्ने वा नयाँ राजनीतिक प्रणालीप्रतिको कमजोर प्रतिवद्धताको कारण पनि स्थानीय तहहरु केही अल्मलिएको र पुरानै विकृति र विसंगतिलाई बोकेर हिडेको समेत देखिन्छ।
तसर्थ आगामी निर्वाचनलाई भौतिक उत्प्रेरणाको प्रभावमा होइन,सही नीति र नेतृत्वको छनौट गर्दै समाजवादउन्मुख समृद्धिको बाटोमा अगाडि बढ्न हाम्रो पार्टी आम मतदाताहरुमा हार्दिक अपिल गर्दछ।
▪ टोल–टोलमा सहकारी–घरघरमा रोजगारीको व्यवस्था गरिने छ।
▪ एक टोल एक उद्यम– एक टोल एक उत्पादन,बेरोजगारीको अन्त्य,गरिबीको निवारण कार्यक्रम लागू गरिने छ।
▪ हरेक पालिकामा बेरोजगारहरुको सूची तयार गरी बेरोजगार लक्षित उत्पादनका कार्यक्रमहरु सुरु गरिने छ।
यसको साथै सीपमूलक तालिम,परियोजना वा प्रमाण–पत्र धितो राखी सहुलियत ऋणको व्यवस्थाको लागि स्थानीय तहले सहजीकरण गर्नेछ। उत्पादन वृद्धि र बजारीकरणको निम्ति प्रोत्साहित गरिने छ।
निःशुल्क आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितताका लागि
∙ आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनेछ।
∙ सबै नगर/गाउँ पालिकामा आधारभूत अस्पताल र सबै वडाहरुमा स्वास्थ्य केन्द्रहरुलाई पूर्ण क्षमतामा सञ्चालन गरिने छ।
∙ आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउन ११० वटा औषधी निःशुल्क वितरण गरिने छ।
∙ विशेषज्ञ सेवाको लागि स्थानीय तहको समेत सहभागितामा स्वास्थ्य विमा सेवाको प्रबन्ध गरिने छ।
∙ औषधीजन्य जडिबुटीहरुको प्रशोधन गरी औषधी उत्पादनमा जोड दिइने छ।
∙ विद्यालय (१२ कक्षासम्म) निःशुल्क शिक्षाको व्यवस्था गरिने छ।
∙ हरेक नगर तथा गाउँ पालिकामा बहुप्राविधिक शिक्षालय सञ्चालन गरिने छ। १० प्रतिशत प्राविधिक जनशक्ति उत्पादन गरिने छ।
∙ छोटो अवधिभर मध्यम खालको सीपमूलक तालिमको व्यवस्था गरिने छ।
∙ हिमाली भेकका सबै पालिकाहरुमा आवासीय विद्यालयको व्यवस्था (१२ कक्षासम्म) गरिने छ।
∙ दरबन्दी अनुसार शिक्षकको व्यवस्था गरिने छ।
∙ भौतिक पूर्वाधार र सूचना प्रविधिसँग जोडिने व्यवस्था मिलाइने छ।
समृद्धिका लागि वन कार्यक्रम
▪ काष्ठ,गैरकाष्ठ,जडिबुटीका आधारित उद्यमशीलताको विकासका लागि ‘समृद्धिको लागि वन’ कार्यक्रम सञ्चालन गरिने छ।
▪ हरेक पालिकामा न्यूनतम एक वटा काष्ठ,गैरकाष्ठ वा जडीबुटी प्रशोधन उद्योग स्थापना गरिने छ।
▪ ‘एक सामुदायिक वन एक उद्यम’ कार्यक्रम सञ्चालन गरिने छ।
▪ हरेक पालिकामा जलवायु परिवर्तन अनुकूलित नमूना गाउँ निर्माण गरिने छ।
▪ वन रहित स्थानीय तहहरुमा वृक्षारोपणको विशेष कार्यक्रम संचालन गरिने छ।
▪ शहरी वन कार्यक्रम लागू गरिने छ।
▪ प्रदुषण नियन्त्रण,हरियाली प्रर्वद्धन र फोहोर मैला व्यवस्थापनको लागि स्वच्छ वातावरण अभियान हरेक पालिकामा चलाइने छ।
▪ वन सम्पदालगायत प्राकृतिक श्रोत साधनमाथि समुदायको अग्राधिकारलाई सुनिश्चित गरिने छ। सामुदायिक वन उपभोक्त समूहहरुलाई थप सवलीकरण गरिने छ।
∙ सबै पालिकाको केन्द्रसम्म कालोपत्रे सडक निर्माण गरी राष्ट्रिय सडक सञ्जालमा जोड्ने व्यवस्था मिलाइने छ।
∙ सबै वडाका केन्द्रसम्म सबै मौसममा यातायात चल्न सक्ने सडकको निर्माण गरिने छ।
∙ सबै वडामा विद्युतीकरणको व्यवस्था मिलाइने छ।
∙ सबै वडामा सञ्चार सुविधाको विस्तार गरिने छ।
∙ नेपालको पानी जनताको लगानीको नारालाई जनस्तरसम्म कार्यक्रम बनाई लागू गरिने छ।
∙ एल.पी. ग्याँसको आयात प्रतिस्थापन गर्न र जनतामा विद्युतको उपभोग बढाउन स्थानीय सरकारद्वारा प्रत्येक घरधुरीलाई विद्युतीय चुलो निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइने छ।
पर्यटनको प्रतिफल गाउँ–गाउँमा पु¥याउन,नयाँ पर्यटकीय गन्तव्यको पहिचान !
▪ पर्यटकीय पदमार्गको विस्तार र पर्यापर्यटनको विकासमा जोड दिइने छ।
▪ होमस्टे लगायत पर्यटन मैत्री वस्तु उत्पादन गरी आयआर्जनमा टेवा पु¥याइने छ।
▪ पर्यटनबाट हुने आयको न्यूनतम ५० प्रतिशत सम्बन्धित स्थानीय तहमा खर्च गर्ने व्यवस्था गरिने छ।
धन्यवाद ।