निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि राजनीतिक दललाई ६० बुँदे निर्देशन

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आचारसंहिता कार्यान्वयन गर्नका लागि राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको छ । आयोगले मंगलबारको छलफलपछि राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको हो ।

स्थानीय तहको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनका लागि निर्देशन जारी गरेको आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचन आगामी ३० वैशाखमा हुँदै छ । मंगलबार आयोगले निर्वाचनमा सहभागी हुने दलहरूलाई बोलाएर आचारसंहितामा प्रतिवद्धता जनाउनका लागि हस्ताक्षर गराएको थियो । प्रतिवद्धतामा एमाले बाहेकका दलले हस्ताक्षर गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार