लिग च्याम्पियन मछिन्द्र एएफसी कपको प्रारम्भिक चरणबाटै बाहिरियो

नेपालको लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब एएफसी कप २०२२ को प्रारम्भिक चरणबाटै बाहिरिएको छ। मंगलबार दशरथ रंगशालामा भएको प्रारम्भिक चरणको खेलमा श्रीलंकाको ब्लुस्टारसँग २–१ गोलले पराजित भएसँगै मछिन्द्र बाहिरिएको हो।

सिजनबाट एएफसी कपमा डेब्यू गरेको मछिन्द्रले पहिलो हाफमा तीन मिनेटको अन्तरमा दुई गोल खाएको थियो। जसका कारण मछिन्द्रलाई खेलमा फर्कन कठिन भयो।

खेलको १५ मिनेटमा ब्लुस्टारले पेनाल्टी पायो। मछिन्द्रका डिफेन्डर देवेन्द्र तामाङले ब्लुस्टारका शेनल सन्देशलाई डिबक्सभित्र लडाएपछि इराकी रेफ्री योउसिफ सइद हसनले पेनाल्टी दिने निर्णय गरेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार