राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् पाँच वटा अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच वटा अध्यादेश जारी गरेकी छन्। मंगलबार उनले पाँच वटा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्ले सिफारिस गरेका अध्यादेश राष्ट्रपतिले जारी गरेकी हुन्।

यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश जारी भएका हुन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार