धादिङको बेनिघाट रोलाङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) नेकपा एमाले प्रवेश गरेको एक दिनमै माओवादी केन्द्रमा फर्किएका छन् । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर एमाले प्रवेश गरेका उनले मंगलबार विज्ञप्ति जारी गर्दै आफू माओवादी केन्द्रमा नै रहेको बताएका छन् ।
उनले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘म भित्र क्षणिक आक्रोश र आवेगमा आई राजनीतिक रुपमा गम्भीर गल्ती कमजोरी हुन गई समग्र पार्टी, बेनिघाट रोराङ र धादिङको पार्टी पंक्तिमा पर्न गएको क्षतिप्रति गम्भीर आत्माआलोचना गर्न चाहन्छु’ उनले भनेका छन् ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित डल्लाकोटीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार पार्टीमा प्रवेश गराएका थिए । एमाले प्रवेशका लागि गाउँपालिका अध्यक्ष डल्लाकोटी बालकोटस्थित ओली निवास पुगेका थिए ।
उनी माओवादीमा जानुभन्दा पहिले एमालेमै थिए । १५ वर्षपछि डल्लाकोटी एमालेमै गएका थिए र आज फेरी माओवादीमा फर्किएका छन् । डल्लाकोटी मंगलबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेर पार्टीमा फिर्ता हुने तयारी रहेको