राखेप फर्किने रमेश सिलवालको प्रयास असफल, घिसिङलाई काम गर्ने बाटो खुल्यो

सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्‌का सदस्यसचिवबाट हटाइएका रमेशकुमार सिलवालको रिट खारेज गरिदिएको छ । न्यायाधीशहरू अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालको रिट खारेजको हो ।

सिलवाललाई १ कात्तिकमा सरकारले कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै सदस्य–सचिव पदबाट बर्खास्त गरेको थियो ।  सर्वोच्चको यो फैसलासँगै अब टंकलाल घिसिङलाई सदस्यसचिवको काम गर्न बाटो खुलेको छ।

सिलवालले रिटमार्फत सदस्य सचिवमा घिसिङको नियुक्ति बदर गर्न र आफूलाई पुनः बहाली गर्न माग गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार