शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले गरे स्कुलमा तोडफोड

मकवानपुरमा शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेका छन् । त्यसको विरोमा आज विद्यार्थीले स्कुलमा तोडफोड गरेका छन्।बागमती गाउँपालिका८ फापरबारीमा रहेको जनता माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले मंगलबार विद्यालय तोडफोड गरेको इलाका प्रहरी कार्यालय फापरबारीले जानकारी दिएको छ।

कक्षा चारदेखि आठ सम्मका विद्यार्थीमाथि गलत तरिकाले छुने गरेको भन्दै विद्यार्थीहरूले तीन जना शिक्षकविरूद्ध निवेदन दिएका थिए। उनीहरूले गत हप्ता नै विद्यालयमा निवेदन दिँदा पनि कुनै कारबाही नगरेको भन्दै विद्यालय तोडफोड गरेको प्रहरीले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार