विद्यालय गएकी छात्रा हत्या प्रकरण : दुई सहपाठी पक्राउ

काठमाडौं । उदयपुरको बेलका नगरपालिका–३ मा भएको विद्यार्थी कविता सुनुवारको हत्यामा उनकै सहपाठीको संलग्नता देखिएको प्रहरीले दावी गरेको छ ।प्रारम्भिक अनुसन्धानका क्रममा सुनुवार र उनकै कक्षामा अध्ययनरत अर्की विद्यार्थीबीचको झगडाका क्रममा हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एक अधिकारीले बताए ।

वियरको बोतल र ढुंगा प्रहार गरेर हत्या गरेको अभियोगमा प्रहरीले १९ वर्षीय विनोद ढकाल र १७ वर्षीया नाबालिकालाई पक्राउ गरेको छ । पक्राउ परेकी नाबालिका मृतक कविता सुनुवारसँगै कोशी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा पढ्थिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार