जबर्जस्ती करणीका आरोपित ६ महिनापछि पक्राउ

गुल्मी । गुल्मीमा एक बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेका युवक ६ महिनापछि पक्राउ परेक छन् ।जिल्लाको मदाने गाउँपालिका वडानम्बर–४ बस्ने १९ वर्षका ईश्वर बोहरोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बोहरामाथि गत असोज २७ गते मदाने गाउँपालिका–२ बाझकटेरीमा बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेको थियो ।फरार रहेका आरोपित बोहरालाई चैत २१ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव राज खरेलले बताए । बोहरामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार