अन्य पार्टीबाट निर्वाचित तीन स्थानीय तहका उपप्रमुख एमालेमा प्रवेश

वीरगञ्ज । स्थानीय निर्वाचनको मुखैमा पर्साको दुईवटा स्थानीय तह र धनुषाको विदेह नगरपालिकाका उपप्रमुख नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार वीरगञ्जमा आयोजित कार्यक्रमका बीच उनीहरू एमाले प्रवेश गरेका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरे । कार्यक्रममा मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठ, प्रभु साहलगायतका नेता पनि सहभागी थिए ।

एमाले प्रवेश गर्नेमा बहादुरमाई नगरपालिकाकी उपमेयर गायत्रीदेवी यादव र सखुवा प्रसौनी गाउँपालिका उपाध्यक्ष फूलमतिदेवी थरुनी छन् । यादव नेपाली कांग्रेस र थरुनी जसपाबाट निर्वाचित भएका थिए । एमाले प्रवेश गर्नेमा धनुषाको विदेह नगरपालिकामा माओवादी केन्द्रबाट निर्वाचित उपमेयर निलम मण्डल पनि छिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार