केही दिन यता लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से मंगलबार पनि घटेको छ । आज नेप्से सूचक थप ४६.४६ अंकले घट्दै २४ सय ५२.०६ अंकमा झरेको हो ।
यस दिन होटल तथा पर्यटन समूहको उपसूचक बाहेक अन्य सबै सूचकहरु ऋणात्मक भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार आज यस समूहको उपसूचक ०.५ प्रतिशतले मात्र बढेको छ ।
अन्यमा सबैभन्दा बढी आदर्श समूहको सूचक आज अधिकतम ३.६६ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूहको २.९१ प्रतिशतले र फाइनान्स समूहको २.७२ अंकले घटेको छ ।
यस्तै हाइड्रोपावर समूहको सूचक २.१ प्रतिशतले घटेको आज ट्रेड र बैंकिङ समूहको क्रमशः १.८६ प्रतिशत र १.१५ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।