काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुक्खा बन्दरगाहको उद्घाटन गरेका छन् । उद्घाटनसँगै चोभार सुक्खा बन्दरगाह सञ्चालनमा आएको छ ।वीरगन्जबाट आएको मालबाहक ट्रकलाई प्रवेश गराएर बन्दरगाह सञ्चालनको आरम्भ गरिएको छ । अब व्यवसायीले आयात गरेका वस्तु बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गराउन पाउने भएका छन् ।
सीमास्थित भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी अब सिधै चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयमा जाँचपास गर्न सकिनेछ । सीमाबाट बन्दरगाह भन्सारसम्म महानिर्देशकले तोके बमोजिमको सडक मार्गबाट सामान लैजान आन्तरिक परिवहनको सुविधा दिइनेछ ।
सुविधा लिन चाहने पैठारीकर्ताले प्रणालीबाटै फारम मुद्रण गरी सीमास्थित भन्सार कार्यालयका अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ ।बन्दरगाह नहुँदा सडक–सडकबाटै भन्सार जाँचपास हुने गरेको थियो । अब मालवाहक सबै सवारीसाधन बन्दरगाहभित्र आउँछन्, दर्ता गर्छन्, पार्किङमा जान्छन्, आवश्यक परे तिनले गोदामसमेत प्रयोग गर्छन् । भन्सार प्रक्रिया सुरु हुन्छ, सामानको जाँचपास हुन्छ । भन्सार ुक्लियरु भएपछि मालवाहक गाडी बन्दरगाह परिसरबाट बाहिर निस्कन्छन् । भन्सार प्रयोजनका लागि सुव्यवस्थित हिसाबले प्रक्रिया पूरा गर्न बन्दरगाह निर्माण गरिएको हो ।