तनहुँमा बस दुर्घटना भएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सेराटारमा मंगलबार बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
दुर्घटनामा परी घाइते भएकामध्ये ३ जनाको रत्नहरि अस्पताल दमौली, ११ जनाको जी.पी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र बेलचौतारामा उपचार भइरहेको प्रहरीले बताएकाे छ। उनका अनुसार गम्भीर अवस्थामा रहेको २ जनालाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ ।
खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको बा५ख५८१७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ५९०० नम्बरको बस एकापसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।